काठमाडौं : बहुप्रतीक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ को प्रदर्शन मिति तोकिएको छ। छेतन गुरुङ र सन्तोष सेनले संयुक्तरूपमा निर्देशन गरेको फिल्म दशैँको अवसर पारेर असोज ७ गते प्रदर्शनमा आउने भएको हो।
सामाजिक सञ्जालमा फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माता सन्तोष सेनले प्रदर्शन मितिको बारेमा जानकारी दिएका हुन्। उनका अनुसार अबको केही दिनमा फिल्मको ट्रेलर पनि सार्वजनिक हुनेछ। पाँच करोडको आसपास बजेट रहेको फिल्म प्रेमकथामा आधारित रहेको छ।
फिल्ममा प्रदीप खड्का, कृस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, माओत्से गुरुङ, पुष्कर कार्की र अनुभव रेग्मी लगायत कलाकारको मुख्य भूमिका रहेको छ। अभिनेत्री कृस्टिनाको यो पहिलो फिल्म हो।
Post Views: 23