काठमाण्डौ-कुमारी लामाको लोक दोहोरी गीत “बैंश जिबन भाग २” भर्खरै बजारमा आएको छ । गीतमा प्रताप दास र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ ।
गीतलाई लय रेशम थिङ्ग तयार पारेका हुन् भने शब्द रबिन लामाले भरेका छन् ।“बैंश जिबन भाग २” को म्युजिक भिडियोमा ख्याती प्राप्त मोडल प्रकाश तामाङ्ग राज र रुबिना अधिकारीको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतका मोडल राजले यस अघि पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो दक्षता प्रस्तुत गरिसकेका छन् ।
गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन राजकुमार मगरले गरेका छन् । गीतको भिडियोलाई राम स्याङ्गतान आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Post Views: 24