बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति

२४ वैशाख | नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघले विकल्पहरु हुँदाहुँदै बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ ।

संघले जंगल मासेर विमानस्थल बनाउन नपाईने आफ्नो अडान अघि सारेको छ। पानीको मुहान सुक्ने, हात्तीको वासस्थान र अरू प्रकृति विनाश गर्न नहुने पनि जनाएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निजगढको ८ हजार हेक्टर जंगल फाँडेर विमानस्थल बनाउँदा त्यहाँको जमुनी, अडुवा, तिथरी, काँटघाट नदीहरु,थलनी, बडकी पैनी र जोकाहा खोलाहरुको मुहान भएकोले पानीका स्रोतहरु पूर्ण रुपले सुक्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुदर्शन प्रधानले अध्ययन–अनुशन्धानबिना निजगढको जंगल फाँड्न आदेश दिनेजस्तो आत्मघाती कदम चालिरहेको बताउनुभयो ।
राज्यले आफूहरुले अघि सारेका मागप्रति गम्भीरता नदेखाए र जबरजस्ती रुपमा जंगल मासेर विमानस्थल बनाउन खोजे त्यसको विरुद्धमा सशक्त रुपमा आन्दोलनमा उत्रिने उहाले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *