ऋषि धमलाको स्पष्टीकरण चित्त नबुझेको भन्दै काउन्सिलले बोलायो बयान दिन

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानको लागि बोलाएको छ।

चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि धमलालाई स्पष्टीकरण सोधेको थियो।

धमलाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनलाई काउन्सिलले सोमबार १२ बजे बयानका लागि बोलाएको हो।धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन्।

धमलाले ‘जनतालाई छिटो समाचार दिँदा गल्ती भएको’ स्पष्टीकरणमा उल्लेख गरेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *