मोडल तथा सर्जक बिक्रम गिरिको लय र अभिनयमा ‘गुराँस फुल्यो’ सार्बजनिक( भिडियो हेरौं )

काठमाडौ-लोकप्रिय मोडल तथा सर्जक बिक्रम गिरि को लय र अभिनय रहेको मौलिक लोक तथा दोहोरी गीत ‘गुराँस फुल्यो’ बजारमा आएको छ ।

सिन्धुपाल्चोकमा जन्मेका बिक्रम गिरि बिगत ५ बर्ष यता यश क्षेत्रमा सक्रिय छन।सुरुमा म्युजिक भिडियो मा मोडलको रुपमा प्रबेश गरेका गिरि अहिले मोडलिङ संगै निकै मिठा मिठा गित सङ्गीत शृजना गरि दर्शक तथा श्रोता माझ ल्याउदै आएका छ्न। उनले सिर्जना गरेको ‘मेरो माया फुलजस्तै फुलिदेउ’ तारा छुन सकिन ‘ घर आउन कोरोना ले छेक्यो ‘पितल नी सुन भयो जस्ता गित हरु चर्चामा छन।

धेरै गितमा अभिनय गरेका गिरि केही समय अगाडी देखि आफै गित सिर्जना गर्न थालेका हुन। त्यसै क्रममा यो ‘गुराँस फुल्यो’ बोलको गीत बजारमा आएको हो।

उक्त गितमा गायक सुरेन्द्र गिरि र गायिका रमिता कार्कीको सुमधुर स्वर रहेको छ। गीतमा सुरेन्द्र गिरिको शब्द तथा बिक्रम गिरिको लय तथा संगीत रहेको छ। विष्णु तामाङले एरेन्ज गरेका छ्न। भने गीतको मिक्सिङ र मास्टरिङ कुमार सानु पुनले गरेका छन् ।

सार्बजनिक गितमा उनै बिक्रम गिरि , सरोज गदाइली,जुना कार्की, हेम गिरि लगायत कलाकार हरुको अभिनय लाई देख्न सकिन्छ भने सन्तोष तिमल्सिनाको छायांकन रहेको भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन।

भिडियोमा राजाराम सिम्खडाले कोरियोग्राफी रहेको छ भने रोशन धितालले सम्पादन गरेको छन।भने भिडियो लोक मजेरी म्युजिकको अफिसियल युट्युव च्यानलमा हेर्न सकिन्छ।

पूरा भिडियो हेर्नका लागि तलको लिङ्क क्लिक गर्नुहोला….

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *