वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लैजाने तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनलाई जन्डिस रोग बल्झिएपछि उपचारका लागि थाइल्याण्ड लाने तयारी भएको छ ।

पुनलाई सुमेरु अस्पतालमा गत साता स्वास्थ्यमा समस्या आएपछि भर्ना गरिएको थियो ।

अस्पतालमा भर्ना भएपनि स्वास्थ्यमा कुनै सुधार नभएपछि थाल्याण्ड लाने तयारी गरिएको बताईएको छ । पुनको स्वास्थ्य लाभ गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित शीर्ष नेताहरू अस्पताल पुग्ने गरेका छन्।

पुनको अहिलेसम्म स्वास्थ्यमा सुधार नभएको र आज दिनभरी सबै रिपोर्टको अध्ययन गरि थाइल्याण्ड लग्ने तयारी गरिएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *