भदौ १ काठमाडौं ।
आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले राजीनामा दिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका हुन् ।
आजको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नेक्रममा सम्बोधन गर्दै बानियाँले पदबाट राजीनामा घोषणा गरेका हुन् ।
राजीनामा दिनु अघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदामा बानियाँले प्रगति प्रस्तुत गरेका छन् ।
नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभा बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन खोजेका थिए ।
प्रदेश सभा विश्वासको मतको प्रस्ताव लैजाँदा आफ्नै दल नेपाली कांग्रेस र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीले मात्रै विश्वासको मत दिने अवस्था बनेको थियो ।
प्रस्तावको विपक्षमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी तटस्थ बस्ने तयारीमा रहेका बेला बानियाँ मुख्यमन्त्री पद बाट राजीनामा दिएका छन् ।
२० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका उनलाई २७ साउन ०८२ मा ६३ जना प्रदेश सभा सदस्याले विश्वासको मत पाएर बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका थिए ।
