साउन ११ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बे बिच भेट भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका हुन् ।
आज बिहान शीतल निवासमा करिब एक घण्टा पौडेल र आङ्देम्बे बिच भेटवार्ता भएको जनाएका छन् ।
आङ्देम्बेको सचिवालयको अनुसार भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधि बारे छलफल भएको जनाएको छ ।
यस बाहेक आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापना बारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएको जनाएका छन् ।
राष्ट्रपति पौडेलले बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनस्र्थापनामा सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेको समेत बताएको स्रोतले बताएको छ ।
