नेकपामा वाक्कदिक्क उज्यालो तिर लमक्क

डाइनामिक खबर, २२ जेष्ठ काठमाण्डौ

४५ वर्ष कम्युनिष्ट रहेका क्याडेट वाक्कदिक्क भएर अर्को पार्टी प्रवेश गरेका छन l काठमाडौ स्थित बानेश्वरको एक होटलमा भएको उज्यालो नेपाल पार्टिको विद्यार्थी तथा युवा भेला कार्यक्रममा करिव ४५ वर्ष कम्युनिस्ट भएर सहकृय रहेका नेकपा को प्रदेश कमिटी सदस्य जनक वर्तौलाले वाक्क भएर पार्टी परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्  l

 

कम्युनिष्ट पार्टी बिधि पद्वतिमा चल्न नसकेको, पार्टी नेतृत्वले चेतनशील कार्यकर्ता भन्दा नि नेतृत्वले भनेको खुरुखुरु मान्नेवाला मात्राको प्राथमिकतामा परेको आरोप नेता वार्तौलाले लागाएका छन् l कम्युनिष्ट पार्टी जनताको जनजीविकाको सवालमा भन्दा नेता मुखी हुँदै गएको र कार्यकर्तामा चरम निराश बढ्दै गएको उनको आरोप छ l

उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिंगबाट प्रवेश गराइएका जनक वर्तौलाले देशमा नवीनतम सोच भएका पुस्ताको माग रहेको र त्यो नवीतम सोचलाई अवलम्बन गर्न सक्ने पार्टी उज्यालो नेपाल भएको निष्कर्ष निकाल्दै सयौ युवा सहित आफु पनि उज्यालो नेपालमा समाहित भएको बताएका छन् l

नेपालमा भएका दल मध्ये उज्यालो नेपाल पार्टी नै सबैभन्दा नयाँ विश्वासिलो भरपर्दो रहेको र कुलमान घिसिंगको नेतृत्वमा पार्टीले नेपाली जनता तथा कार्यकर्ताको भविष्य रहेको विश्वास राख्दै पार्टी प्रवेश गरेको बताएका छन् l

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *