उपराष्ट्रपति यादव र सभामुख अर्यालको भेट

जेठ ११ काठमाडौं।

उपराष्ट्रपति रामसहायप्रसाद यादव र सभामुख डोलप्रसाद (डीपी) अर्याल बीच भेटवार्ता भएको छ।

आज बिहान् लैनचौरस्थित उपराष्ट्रपति रामसहायप्रसाद यादवको निवास पुगेर सभामुख अर्यालले शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालन तथा समसामयिक राष्ट्रिय मुद्दाका विषयमा छलफल भएको जनाएको छ।

लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउने, संसदलाई जनमुखी र प्रभावकारी बनाउने तथा राजनीतिक स्थायित्व कायम गर्ने विषयमा समेत विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *