यस वर्ष चितवनमा मह उत्पादन कमी

जेठ ७ काठमाडौं।
यस वर्ष चितवनमा मह उत्पादन कमी आएको छ।

गत वर्षको तुलनामा यस वर्ष जिल्लामा मह उत्पादनमा कमी आएको जनाएको छ।

यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईकाले जनाएका छन्।

गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएकोमा यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको जनाएका छन्।

जिल्लामा १७ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आइएको छ। भने यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको जनाएका छन्।

तोरीमा एक पटकमा तीन चोटीसम्म मह काट्ने किसानले यस पटक बढीमा दई पटक मह काटेको जनाएका छन्। यस्तै चिउरीमा पाँच पटकसम्म मह काटिन्थ्यो भने यस पटक तीन पटक मात्र काटेको जनाएका छन्।

अहिले घारको सङ्ख्या बढे पनि उत्पादनमा कमी आएको मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईकाले जानकारी दिएका छन्।

गत वर्षमा मौरीपालक किसानमध्ये ७० प्रतिशतले ६ पटकसम्म मह काट्ने गरेको भए पनि बेमौसमी वर्षातका कारण अहिले ३० प्रतिशत किसानले मात्र ६ पटक मह निकालेको बताएक छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *