आजका लागि तोकिएको प्रतिनिधि सभा विघटनको सुनुवाइ स्थगित

जेठ ६ काठमाडौं।
आजको लागि तोकिएको प्रतिनिधि सभा विघटनको सुनुवाइ स्थगित भएको छ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा नियुक्त भएपछि बुधबार बस्दै आएको संवैधानिक इजलास नबसे पछि स्थगित भएको हो।

सोबार र बुधबार सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायधीश रहँदा संवैधानिक इजलास बस्दै आएको थियो।

आजका लागि तोकिएको प्रतिनिधि सभा विघटनका २० वटा रिट स्थगित सूचीमा राखिएको जनाएको छ।

सर्वोच्चका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले संवैधानिक इजलास नबसेकाले स्थगित भएको बताएका हुन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *