वीरगञ्ज भन्सार कार्यालयले गर्यो तीन दिनमा तीन अर्ब बढी राजस्व संलन

वैशाख २० काठमाडौं।
वीरगञ्ज भन्सार कार्र्यालयले ३ दिनमा ३ अर्ब बढी राजस्व संकलन गरेको छ।

उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा लगातार ३ दिनसम्म सहभागी नहुँदा पनि ३ दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँचपास गरेर रू.३ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, तरकारी र फलफूल जन्यवस्तुको भन्सार जाँचपास हुँदा ३ दिनमा करिव ३ अर्ब १५ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिएका हुन्।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार वैशाख १५ गते रू. ३५ करोड, वैशाख १६ गते १ अर्ब ९० करोड र वैशाख १७ गते क९० करोड राजस्व सङ्कलन भएको सूचना अधिकारी विष्टले जानकारी दिएका छन्।

आयातकर्ता तथा स्वदेशी उद्यमले चौथौ दिन पनि भन्सार जाँचपास प्रक्रियामा सहभागि भएका छैनन्। सूचना अधिकारी विष्टका अनुसार आयात–निर्यातकर्ताले जाँचपासको फाराम भर्ने देखि घोषणा गर्नेसम्मका काममा सरिक नहुँदा जाँचपास रोकिएको बताएका छन्।

सरकारको हालैको निर्णय अनुसार भन्सार विन्दुमा आएका सबै किसिमका उत्पादनमा अनिवार्य रूपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो।

वीरगन्ज भन्सार कार्यालयले दैनिक रु ५० देखि ६० करोडसम्म राजस्व सङ्कलन गर्दै आएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *