आज काठमाडौंको वायु प्रदूषण गुणस्तर इन्डेक्स (एक्यूआई) १८५ मापन

फागुन २८ काठमाडौं।

आज काठमाडौंको वायु प्रदूषण गुणस्तर इन्डेक्स (एक्यूआई) १८५ मापन भएको छ।

पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै रहेको छ।

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६ः१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १८५ पुगेको उल्लेख गरेको छ।

०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुग्ने नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकले जनाएको छ।

काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये छैटौं स्थानमा रहेको उल्लेख गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *