फागुन २७ काठमाडौं।
आज सातै प्रदेशमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिँउसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भाग तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको उल्लेख गरेको छ।
आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भएको र पछिल्लो तीन घन्टामा कास्कीको लामापाटनमा ६.६ मिलिमिटर वर्षा मापन भएको जनाएको छ।
Post Views: 5