माघ १९ काठमाडौं।
रुसले युक्रेनमा ड्रोन आक्रमण गर्दा खानी मजदुरको मृत्यु भएको छ।
रुसी पूर्वी युक्रेनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १५ जना खानी मजदुरको मृत्यु भएको जनाएको छ।
युक्रेनको सबैभन्दा ठुलो निजी ऊर्जा कम्पनी डीटीईके र आपतकालीन सेवाका अनुसार आइतबार ड्निप्रोपेट्रोभ्स्क क्षेत्रमा काम सकेर फर्किएका मजदुर चढेको बसलाई लक्षित गरी सो हमला भएको उल्लेख गरेको हो।
आइतबारै भएका अन्य फरक–फरक आक्रमणमा थप दुई जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ।
अस्पताल र सर्वसाधारण निशानामा रुसी फौजले झापोरिझियास्थित एक प्रसूति अस्पताललाई समेत निशाना बनाएको उल्लेख गरेको छ।
युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले यस घटनालाई पुटिनले ‘शान्ति प्रयास विपरीत सर्वसाधारणविरुद्ध युद्ध गरिरहेको’ प्रमाणका रूपमा टिप्पणी गरेका छन्।
ऊर्जा सङ्कट र कूटनीतिक प्रयास रुसले जनवरी देखि युक्रेनको विद्युतीय ग्रिडलाई लक्षित गरी लगातार आक्रमण गरिरहेको जनाएको छ।