रसुवाको उत्तरी भेग लाङ्टाङ गोसाइँकुण्ड क्षेत्रमा हिमपात

माघ १४ काठमाडौं।
रसुवाको उत्तरी भेग लाङ्टाङ, गोसाइँकुण्ड क्षेत्रमा हिमपात भएको छ।

रसुवाको उत्तरी भेगमा यस वर्ष पहिलो पटक हिमपात सुरु भएको हो।

आज बिहान देखि रसुवाको लाङ्टाङ, गोसाइँकुण्ड, नाकथली, पाङसाङ, हाकुडाडा, यार्सा भञ्ज्याङ लगायत उच्च हिमाली क्षेत्रमा हिमपात हुन थालेको जनाएको छ।

लाङ्टाङ क्षेत्रमा करिब एक इञ्च हिउँ जमेको र हिउँ घोडातबेला सम्म परिसकेको स्थानीयले बताएका छन्। भने राम्चेभन्दा माथिल्लो क्षेत्रमा चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित बन्न थालेको बताएका छन्।

गोसाइँकुण्ड गाउँपालिका– ४ का वडा अध्यक्ष ढिण्डुप तामाङका अनुसार लाङ्टाङका आधिकांश स्थानीय काठमाडौँ गएकाले अहिलेको हिमपातले लाङटाङ बस्तीमा असर नगरेको बताएका छन्।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अमितकुमार शाहले चिसोका कारण बालबालिका र बृद्धा–बृद्धालाई स्वस्थ्यामा समस्या पर्न सक्ने भन्दै न्यानो लुगा लगाइदिने, तातो तथा पोषिलो झोलिलो खानेकुरा खुवाउने र धुवाँको असर नपर्ने न्यानो स्थानमा राख्न स्थानिय समुदायलाई अनुरोध गरेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *