माघ १४ काठमाडौं ।
निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरेको छ।
माघ ११ सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन आयोगले राष्ट्रपति पौडेलसमक्ष पेस गरेको हो।
आज निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरेका हुन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन परिणाम सहितको प्रतिवेदन पेस गरेको जनाएका छन्।
कार्यक्रमको अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा, डा.जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउत लगायत उच्च अधिकारीहरूको सहभागि रहेका थिए।
Post Views: 19