रसुवा जिल्ला पर्यटकीय गन्तव्य बन्दै

माघ १ काठमाडौं ।
रसुवा जिल्ला पर्यटकीय गन्तव्य बन्दै गएको छ।

हिमाली जिल्ला रसुवामा पछिल्लो समय ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण मानिएको गोसाइँकुण्ड र लाङटाङ क्षेत्र भ्रमणमा आउने पर्यटकको संख्या बढेको हो।

रसुवामा पछिल्लो ६ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेको जनाएका छन्।

प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर मानिएको गोसाइँकुण्ड क्षेत्र र लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढेको जनाएको छ।

चालु आर्थिक वर्षको साउन देखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना आन्तरिक एवं वाह्य पर्यटकले निकुञ्ज अन्तर्गत पर्ने गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रको भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले बताएका छन्।

जसमा ५ हजार ८८४ विदेशी र २६ हजार ७८७ पर्यटक अन्य देशको रहेको जनाएको छ। चालु आर्थिक वर्षमा पर्यटकको सङ्ख्या बढेर ५० हजार पुग्ने अपेक्षा गरिएको निकुञ्ज स्रोतले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *