पुस ३० काठमाडौं।
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ।
चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेला सुरु गरिएको हो।
मेलाको सुरक्षाका निम्ति सम्पूर्ण व्यवस्था पूरा भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।
देवघाटमा प्रत्यक वर्ष माघीको अवसरमा माघे सङ्क्रान्ति मेला आयोजना गर्दै आएको छ।
यो वर्ष माघे मेला भ्रमण तथा अवलोकन गर्न तीन लाख भन्दा बढी दर्शक आउन सक्ने अनुमान गरिएको जनाएको छ।
Post Views: 2