गुल्मीको रेसुङ्गा विमानस्थल बाट चार दिन नियमित उडान हुने

पुस २० काठमाडौं ।
गुल्मीको रोसुङ्गा विमानस्थल बाट हप्ताको चार दिन नियमित उडान हुने भएको छ।

नेपाल एअरलाइन्सको जहाजमार्फत आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भइरहेका छन्।

रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार पछिल्लो समय अधिकांश उडान तालिका अनुसार सञ्चालन भइरहेको बताएका छन्।

लामो समयसम्म उडान अनियमित हुँदा समस्या भोग्दै आएका जिल्लावासीका लागि अहिलेको नियमितताले हवाई यात्रामा उल्लेखनीय सहजता ल्याएको जनाएको छ।

नियमित हवाई सेवाले जिल्लाको व्यापार, पर्यटन तथा समग्र सेवा प्रवाहमा सकारात्मक प्रभाव परेको रेसुङ्गाका स्थानियले बताएका छन्।

हाल काठमाडौं–रेसुङ्गा हवाई भाडा ७ हजार ५ सय रुपैयाँ र रेसुङ्गा–काठमाडौं ७ हजार ३ सय रुपैयाँ तोकिएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *