मंसिर २५ काठमाडौं।
राष्ट्रपति पौडेललाई पाँच देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
आज राष्ट्रपति रामचन्द्र पौडेललाई रोमानियाकी नवनियुक्त राजदूत सेना लतिफ सहित पाँच देशका नवनियुक्त राजदूतदे ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै समारोहका बीच पाँच देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
ओहोदाका प्रमाणपत्र बुझाउनेमा उज्वेकिस्तान, रोमानिया, ताजिकिस्तान, आइसल्याण्ड र क्युवाका राजदूतहरू रहेका छन्।
ओहोदाका प्रमाणपत्र बुझाउनेमा उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन्जोदा, आइसल्याण्डका राजदूत बेनेडिक्ट हेओस्कुल्द्सन र क्युवाका राजदूत हुवान कार्लोस मार्सान अगुइलेराले ओहोदाको प्रमाणपत्र बुझाएको जनाएका छन्।
नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको छ।