क्रिेकेट संघले गर्यो महिला टि–२० विश्वकप खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा

मंसिर १८ काठमाडौं।
नेपाल क्रिकेट संघले महिला टि–२० विश्वकप खेल्ने प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ।

संघले आइसिसी महिला टि–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।
ग्लोबल क्वालिफायर जनवरी १२ देखि फेब्रुअरी १ सम्म हुन लागेको खेलमा ग्लोबल क्वालिफायरमा १० देश खेलाडी सहभागी हुने छन्।

सहभागी मध्ये शीर्ष चार देश इङल्याण्डमा सन् २०२६ को जुनमा हुने महिला टि–२० विश्वकपमा छनोट हुन सक्ने छन्।

ग्लोबल क्वालिफायरको समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे छन् भने समूह ‘बी’ मा नेपाल सहित बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी परेका छन्।

अहिले सार्वजानिक भएका टोलीले शुक्रबार देखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गर्नेछ र पछि अन्तिम टोली घोषणा हुने जनाएको छ।

उक्त टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका क्यानले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *