काँकडभिट्टा नाका बाट छ अर्ब भन्दा बढी पेट्रोलियम पदार्थ आयात

मंसिर १८ काठमाडौं।
काँकडभिट्टा नाका बाट ६ अर्ब पेट्रोलियम पदार्थ आयात भएको छ।

काँकरभिट्टा नाका बाट चालु आर्थिक वर्ष २०८२, ०८३ को पहिलो चार महिनाको अवधिमा ६ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको जनाएको छ।

पहिलो चौमासिकको पूर्वी नाका काँकडभिट्टा बाट रु. ६ अर्ब २ करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको जनाएको छ।

अघिल्लो आव २०८१, ०८२ को सोही अवधिको तुलनामा रु.११ करोड ९२ लाख ५४ हजार अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँले जनाएका छन्।

चालु आवको चार महिनामा पेट्रोलियम पदार्थ आयात बाट रु.२ अर्ब ९६ करोड ८१ लाख ४५ हजार राजस्व सङ्कलन भएको उल्लेख गरेको छ।

उक्त अवधिमा रु.३ अर्ब १० करोड ५४ लाख मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो। त्यसै गरी रु. १ अर्ब ७४ करोड ६८ लाख मूल्य पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ।

चार महिनाको अवधिमा रु. ८२ करोड ६३ लाख मूल्य पर्ने ८ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, रु. २६ करोड ३३ लाख मूल्य पर्ने २ हजार ९०८ किलोलिटर एटिएफ र रु.४ करोड ६१ लाख मूल्य पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको भन्सार कार्यालयले जनाएका छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *