आज रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउँदै

मंसिर १८ काठमाडौं ।
आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउँदै छन्।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत आज दुई दिवसीय भ्रमणका लागि आउँन लागेका हुन्।
भारतीय समय अनुसार आज अपराह्न ४ बजे नयाँ दिल्ली आउँने भारतीय सञ्चार माध्यमहरुले जनाएको छ।

भारत भ्रमणमा आउन लागेका रुसी राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका रहेको जनाएको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार पुटिनको भ्रमणलाई मध्यनजर गरी भारतको सुरक्षा व्यवस्था कडा पारिएको तथा सबै सुरक्षा अंगहरुलाई ‘हाई अलर्ट’ मा राखिएको जनाएको छ।

‘पुटिनको आगमन देखि फर्कने समय सम्म सुरक्षा एजेन्सीहरूले हरेक गतिविधि निगरानी गर्ने जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *