मंसिर १६ काठमाडौं।
अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्धनका लागि नेपालम पर्यटन बोर्ड र नेपाल एयरलाइन्स बीच समझदारी भएको छ।
आज अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्ड र वायु सेवा निगमबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
नेपाल पर्यटन बोर्डले विदेशी पर्यटन मेलाहरू, फ्याम ट्रिप, डिजिटल क्याम्पेन र प्रचार–प्रसार कार्यक्रममा नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन’ का रूपमा सहभागी गराउने समझदारी भएको जनाएको छ।
निगमले पनि प्रवद्र्धन सामग्री बोक्ने सुविधा, टिकट र संयुक्त कार्यक्रमका लागि सहयोग उपलब्ध गराउने जनाएको छ।
नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्स बीच समझदारीपत्रमा हस्ताक्षर पछि बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक राज जोशीले सहकार्यलाई नेपालको अन्तर्राष्ट्रिय छवि तथा बजार पहुँच विस्तारका लागि ऐतिहासिक कदम भएको बताएका छन्।
समझदारी पत्रमा हस्ताक्षर भए सँगै दुवै संस्थाबीचको यो रणनीतिक साझेदारीले ‘नेपाली ब्रान्ड’ लाई विश्वभर उच्चतम प्रचार र प्रबद्र्धन गर्न टेवा पुग्ने जनाएको छ।