मंसिर १७ काठमाडौं।
आज मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिँदै छन्।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि यादवले आज विश्वासको मत लिन लागेको हुन्।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई बर्दिवासको एक होटलमा कात्तिक २४ गते शपथ खुवाएको थिईन्।
होटलमा शपथ खुवाए पछि असन्तुष्ट दलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यो रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा मंसिर १५ गते परमादेश जारी गरेको थियो।
सोहि अनुसार आज मुख्यमन्त्री यादवले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिन लागेको जानकारी दिएका छन्।