पूर्वी नाका काँकडभिट्टाबाट एक अर्ब बढि चिया निर्यात

मंसिर १२ काठमाडौं।
आर्थिक वर्षको पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टा बाट एक अर्ब बढि चिया निर्यात भएको छ।

मेची भन्सार कार्यालयको अनुसार पूर्वी नाका बाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब ३७ करोडको ३० लाख ७७ हजार बराबरको चिया निर्यात भएको जनाएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष पूवी नाका बाट चिया निर्यात ३७ प्रतिशत अर्थात ८३ करोड १७ लाख ६३ हजारले कम भएको जनाएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको जानकारी दिएका छन्।

गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *