मंसिर १२ काठमाडौं।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदै छ।
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल एनपीएल क्रिकेट अन्तर्गत आज ४ टोलीले खेल खेल्दै छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुने भएको छ।
चितवन ३ खेलमा ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले ४ खेलमा समान अंक जोडेको भएपनि चौथो स्थानमा रहेको छ।
Post Views: 3