श्रीलंकामा भीषण बाढी पहिरो

मंसिर १२ काठमाडौं ।
श्रीलंकामा भीषण बाढी पहिरो गएको छ।

भारी वर्षाले गर्दा आएको बाढी र पहिरोका कारण श्रीलंकामा कम्तीमा ५६ जनाको मृत्यु र २१ जना बेपत्ता भएको जनाएको छ।

यो हप्ता हालैका वर्षहरूमा श्रीलंकामा भएको सबैभन्दा गम्भीर मौसमी प्रकोपहरूमध्ये एक भएको जनाएको हो।

श्रीलंकाको चिया बगान बदुल्ला लिल्लामा राति पहिरो आएको डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) ले जनाएको छ।

यसैबीच, ‘दित्वाह’ चक्रवात यसको पूर्वी तटतर्फबाट अगाडि बढिरहेकाले शुक्रबार थप खराब मौसमको सम्भावना रहेकाले यस्ता मौसम सँग जुध्नका लागि श्रीलंका तयारी गरिरहेको जनाएको छ।

विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार बाढीका कारण हजारौ मानिसहरु विस्थापित भएको जनाएका छन्।

चरम मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा असर गरेको छ भने एक हजार १५८ परिवारका करिव ४ हजार व्यक्तिहरू प्रभावित भएका छन्।

डीएमसीले १० जना घाइते भएको, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको तथा ३८१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको जनाउदै कम्तीमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको उल्लेख गरेको छ।

श्रीलंकमा निरन्तरको वर्षाले मध्य र पाहाडी क्षेत्रहरूमा थप बाढी र पहिरो निम्त्याई सडक बन्द हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *