निर्वाचन आयोगले आगामी निर्वाचनका लागि निर्वाचन आचारसंहिता तयारी गर्दै

मंसिर ११ काठमाडौं।
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि निर्वाचन आचारसंहिता तयारी गरेको छ।

आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणापत्रको प्रगति प्रचिवेदन प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नयाँ प्रावधान समेटेको छ।

आयोगले आगामी निर्वाचनका लागि मतदान हुनुभन्दा दुई महिना अगाडि बाट आचारसंहिता लागू गर्ने तयारी गरेको जनाएको छ।

यस पटक पनि पुस १३ र १४ गते राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेश भएसँगै आचारसंहिता लागू गर्नेबारे आयोगमा छलफल भएको उल्लेख गरेको छ।

निर्वाचित उम्मेदवारले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र हरित निर्वाचन तथा सामाजिक सञ्जालको प्रयोगमा कडाइ गर्ने व्यवस्था आचारसंहितामा राखिएको जनाएको छ।

निर्वाचन आयोगले यसपटक केही नयाँ प्रावधान समेत आचारसंहितामा समेटेको छ।

जस अन्तर्गत प्रतिनिधिसभा सदस्यको चुनावमा भाग लिने राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणापत्रको प्रगति प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।

निर्वाचन घोषणापत्रको एक कपी राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पनि पेश गर्नुपर्ने हुन्छ।

यसपटक निर्वाचन आयोगले निर्वाचित भएपछि सम्बन्धित उम्मेदवारलाई आफ्नो सम्पति विवरण सार्वजनिक गर्न दबाब दिने नीति आचारसंहिता मार्फत लिन खोजेको जनाएको छ।

त्यस्तो सम्पत्ति विवरण आयोगले मतदानको अन्तिम परिणाम प्रकाशन नभएसम्म सुरक्षित र गोप्य रुपमा राख्ने छ।

‘सम्पत्ति विवरण पेश गर्ने उम्मेदवार निर्वाचित भएमा निजको मञ्जुरीको आधारमा आयोगले तोके बमोजिम त्यस्तो सम्पत्ति विवरण सार्वजनिक गरिने’ आचारसंहितामा भनिएको छ।

निर्वाचित नहुनेको हकमा भने सम्पत्ति विवरण फिर्ता नमागे आयोगले अभिलेख राखेर धुल्याउने जनाएको छ।

निर्वाचन आयोगका अनुसार राजनीतिक र अन्य सरोकारवालाहरूको प्राप्त सुझाव समेटेर आचारसंसहितालाई टुंग्याउने तयारी भइरहेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *