थाइल्याण्डमा अहिलेसम्मकै ठूलो वर्षा

मंसिर १० काठमाडौं।
थाइल्याण्डमा अहिलेसम्मकै ठूलो वर्षा भएको छ।

नोभेम्बर २१ देखि थाइल्याण्डका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण हालसम्म ३३ जनाको मृत्यु भएको जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार थाइल्याण्डको हत याई सहरमा एकै दिन ३३५ मिलिमिटर वर्षा भएको उल्लेख गरेको छ।

थाइल्याण्डको मौसम पूर्वानुमान महाशाखालाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरे अनुसार एकै दिन भएको ३०० वर्ष यताकै ठूलो वर्षा रहेको जनाएको छ।

वर्षापछि सोंख्ला प्रान्तका १६ वटा जिल्लालाई विपद क्षेत्र घोषणा गरी वस्ती खाली गर्न आदेश दिइएको उल्लेख गरेका छ।

बाढीका कारण सडकहरू बाँधिएका, घर–व्यवसाय, अस्पताल र विद्यालयसम्म जलमग्न भएको जनाएको छ।

बाढीले अस्पताल, सडक र बस्ती डुबाएपछि सरकारी र सैनिक उद्धार टोलीहरूले उद्धारमा जुटेका छन्।

उद्धारका लागि थाइल्याण्डको नौसेनाले आफ्नो एकमात्रै युद्धपोत समेत राहत र उद्धार कार्यका लागि परिचालन गरिएको जनाएको छ।

बाढीका कारण सडक–नाली, बिजुली र सञ्चार अवरुद्ध र जीवनदायिनी सेवाहरू ठप्प भएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *