मंसिर ९ काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलसँग साउदी अरबका राजदूत साद अबूहमिदले बिदाइ भेट गरेका छन्।
नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले आज राष्ट्रपति भवनमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाई भेट गरेका हुन्।
भेटका क्रममा नेपाल र साउदी अरब बीचको सम्बन्ध आपसी हित र चासोका विविध विषय बारे छलफल भएको जनाएको छ।
राष्ट्रपति कार्यालयको अनुसार राजदूत साद अबुहमिदले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न पारेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिएको जनाएको छ।
साउदी अरबका राजदूत साद अबुहमिद आफ्नो राजदूक कार्याकाल सकिए पछि राष्ट्रपति भवनमा पुगेर राष्ट्रपतिसँग बिदाइ भेट गरेका हुन्।
Post Views: 3