मंसिर ८ काठमाडौं ।
निर्वाचन आयोगमा १३२ दल दर्ता भएको छ।
निर्वाचन आयोगको अनुसार प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भए यता मात्रै १३ वटा नयाँ दल दर्ता भएको जनाएको छ।
आज हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिए सँगै निर्वाचन आयोगमा दल दर्ता हुनेको संख्या १३२ पुगेको जनाएको छ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि प्रतिनिधिसभाको निर्वाचन तोकेका छन्।
निर्वाचन भाग लिनका लागि दलहरुले निर्वाचन प्रयोजनका लागि समेत दल दर्ता गर्नुपर्छ त्यसका लागि प्रतिनिधि सभा निर्वाचनमा भाग लिने गरी ५६ दलले दल दर्ता गरेका छन्।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय यही मंसिर १० सम्मको समय तोकिएको छ। १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने दलहरूले चुनाव भाग लिन पाउँने छन्।
Post Views: 1