प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

मंसिर ७ काठमाडौं ।
आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको भएको छ।

आज काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषण भएको हो।

नयाँ पार्टी घोषणा कार्यक्रममा पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले औपचारिक रुपमा घोषणा गरेका थिए।

१५१ जना केन्द्रिय सदस्याहरु रहने पार्टीमा बाबुराम भट्टराई अभिभावकीय भूमिकामा रहने बताइएको छ।

तत्कालीन नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नेतृ दुर्गा सोबको नाममा प्रगतिशी लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह आँखा राखिएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *