मंसिर २ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २५६६ अंक कायम भएको छ।
अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १५.७० अंकले बढेर २५६६ अंक कायम भएको हो । भने आज ४ अर्ब १० करोडको कारोबार भएको छ।
बैंकिङ ०.३१ प्रतिशत, विकास बैंक १.२५ प्रतिशत, फाइनान्स ०.८९ प्रतिशत, होटल तथा पर्यटन १.२८ प्रतिशत, जलविद्युत् ०.९३ प्रतिशत बढ्यो।
लगानी १.०३ प्रतिशत, जीवन बीमा ०.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२० प्रतिशत, माइक्रोफाइनान्स ०.४७ प्रतिशत, निर्जीवन बीमा ०.८४ प्रतिशत, अन्य ०.५३ प्रतिशत तथा व्यापार ०.०९ प्रतिशत बढ्यो।
हिमस्टार ऊर्जाको ८.७ प्रतिश, मिडसोलु हाइड्रोपावरको ७.०४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ५.५८ प्रतिशत, माइखोला हाइड्रोपावरको ५.२४ प्रतिशत मूल्य बढ्यो।
पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो जसमा कम्पनीमा सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुंगल हाइड्रोपावर, झापा इनर्जी र बन्दीपुर केबुलकार रहेका छन्।
हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै २.७८ प्रतिशत घटेको छ।