बंगलादेशले भारतलाई पठायो शेख हसिनालाई फिर्ता गराउन पत्र

मंसिर २ काठमाडौं ।
बंगलादेशले शेख हसिनालाई फिर्ता गराउन भारतलाई पत्र पठाएको छ।

बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिना भारतमा निर्वासन रहेकी छन्।

पूर्वप्रधानमन्त्री शेख हसिनालाई बंगलादेशको विशेष न्यायाधीकरणले सोमबार मृत्युदण्डको सजाय सुनाएको थियो।
गत वर्ष जुलाई–अगस्टको विद्यार्थी विद्रोह दबाउन भएका हिंसात्मक घटनामा हसिनाको संलग्नता रहेको ठहर गर्दै मृत्युदण्ड सजाय सुनाइएको हो।

प्रहरी दमनमा मारिएका परिवारका लागि यो फैसला ’राहत र न्याय’ का रूपमा हेरिए पनि यसको कार्यान्वयनलाई लिएर प्रश्न उठिरहेको छ।

भारतीय अखबार हिन्दुस्तान टँयमसको अनुसार फैसला सार्वजनिक भएपछि ढाकाले शेख हसिना र पूर्वगृहमन्त्री कमाललाई सुपुर्दगी गर्न औपचारिक आग्रह गरेको जनाएको छ।

मानवताविरूद्ध अपराधमा दोषी ठहरिएका व्यक्तिलाई शरण दिनु कुनै पनि देशका लागि गम्भीर अमैत्रीपूर्ण कदम हुन बंगलादेशको परराष्ट्र मन्त्रालयले भारतलाई पठाएको पत्रमा उल्लेख गरिएको छ।

विद्यार्थी विद्रोहपछि ढाकाबाट भागेर दिल्लीमा शरण लिन आएकी हसिनालाई फिर्ता गर्न यस अघि पनि बंगलादेशले आग्रह गर्दै आएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *