मंसिर २ काठमाडौं
मौलाकाली मन्दिरको केबलकार पुनः सञ्चालनमा आएको छ।
गत भदौ २४ मा भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनी कारण बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको हो।
जेनजी आन्दोलन बाट क्षति पुगेपछि बन्द रहेको केबलकार अहिले प्राविधिक टोलीले मर्मत गरेर परीक्षण सफल भए पछि पुनः केबलकार सञ्चालनमा आएको छ।
केबलकारको अझै केही दिन प्राविधिक परीक्षण गर्ने र कुनै समस्या नआए केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने मौलाकाली केबलकार लिमिटेडका स्टेसन म्यानेजर सुरज पौडेलले बताएका छन्।
गैँडाकोट–१ मा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी गत वर्षको वैशाख बाट सञ्चालनमा आएको केबलकार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि बन्द भएको थियो।
समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको मौलाकालिका मन्दिर नारायणघाट बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा पर्दछ।