कात्तिक २३ काठमाडौं।
मुस्ताङमा हिमपातपछि याकचौंरीलाई बेसी झारिदै छ।
मुस्तङमा एक साता अघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै उच्च लेकमा पालिएका याकचौंरीलाई बेसीमा झारिएको छ।
हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि याकचौंरीलाई हिमपात र चिसो बाट जोगाउन बेसीको न्यानो स्थानमा झारिएको स्थानियले बताएको हुन्।
हिमालयन चौरीपालन तथा संरक्षण समितिका सचिव सोजन हिराचनको अुनसर हिउँदयाममा हिमपात र चिसो छल्न झारिएका याकचौंरीलाई गर्मी सुरु भएपछि वैशाखदेखि असोज मसान्तसम्म उच्च लेकमा राखिने गरिएको बताएका छन्।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मार्चे लेकका १० घरपरिवारका १० गोठका झण्डै एक हजार याकचौंरी हिमपात र जाडो छल्न बेसी झारिएको समितिका सचिव हिराचनले बताएका छन्।
थासाङ गाउँपालिका अन्तर्गत कोवाङ, सौरु, खन्ती, लार्जुङ, नाउरिकोट, नाकुम, बोक्सी खोला, छाक्ताङ र ताक्लुङका पशुपालकहरूले परम्परागत रूपमा चौँरीपालन व्यवसाय अपनाउँदै आइरहेको बताएका छन्।
पछिल्लो समय उच्च हिमाली क्षेत्रमा परम्परागत संस्कृतिका रूपमा व्यावसायिक याकचौंरीपालन जलवायु परिवर्तनका कारण सङ्कटमा पर्न थालेको जनाएका छन्।
जलवायु परिवर्तनका कारण अनुकूल मौसममा हिउँ नपर्नु, उच्च लेकको चरनक्षेत्रमा घाँस अभाव हुनु र हिमचितुवा लगायत वन्यजन्तुको आक्रमण बाट याकचौंरी लगायत घरपालुवा पशुचौपायामा क्षति हुँदै जाने जोखिमका कारण मुस्ताङको परम्परागत संस्कृतिका रूपमा रहेको चौंरीपालन व्यवसाय संकटमा पर्न थालेको स्थानियले बताएको छन।