कात्तिक ८ काठमाडौं ।
आज बाट छठ पर्व सुरु भएको छ।
सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ।
जनकपुरधाममा रहेका गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरी लगायतमा सजावटको काम भइरहेको जनाएको छ।
गङ्गासागर छठ समितिको अनुसार विगतजस्तै वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम भइरहेको जनाएका छन्।
गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेको र गङ्गासागरमा तीन वटा समितिले सजावटको काम गरिरहेका जनाएको छ।
मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहेकाले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामल लगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरू बनाउने गरिन्छ।
छठपर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको जनाएको छ।
छठ नजिकिए सँगै मिथिलानीहरू अहिले माटोबाट बनेको घैंटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपती लगायतको सामान किन्नमा व्यस्त रहेका छन्।
चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ। यस पर्व अन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ। दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई चढाएर खाने गर्दछन्। यस विधिलाई ‘खरना’ भनिन्छ।