हुम्लामा हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने

कात्तिक ८ काठमाडौं ।
हुम्लामा हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने भएको छ।

हुम्ला जिल्लामा कूल ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम अगाडि बढाइएको जनाएको हो।

आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित रहेको र मन्त्रालयले सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझाव तथा सल्लाह दिन आग्रह गरि सकिएको उल्लेख गरेको छ।

आयोजना निर्माणका लागि कूल ४७ दशमलव १३ हेक्टर जमिन आवश्यकता पर्ने छ। विद्युत् उत्पादन अन्तर्गत ५० मेगावाट भन्दा बढी क्षमताको जलविद्युत् आयोजनाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधान रहेको तथा सोही अनुसार इआइएको काम अगाडि बढाइएको तथा मन्त्रालयले आवश्यक अध्ययन गरिरहेको जनाएको छ।

आयोजना बाट सुक्खायामका ६ सय ९ दशमलव ८९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षा याममा १ हजार १ सय ८४ दशमलव ८३ गिगवाटा घण्टा ऊर्जा उत्पादन हुने जाएको छ।

आयोजनाको प्रतिमेगावाट लागत रु. २१ करोड ७६ लाख बराबर रहेको छ । यस्तै, कुल लागत रु. ७२ अर्ब ९० करोड ८० लाख बराबर रहने जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *