कात्तिक ४ काठमाडौं ।
म्याग्दीको राहुघाट नदीमा दुई जलविद्युत् आयोजना निर्माण भएको छ।
राघुगंगा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् निर्माण भई केन्द्रीय प्रणालीमा जोडिएको हो।
तुँदी पावर कम्पनीका व्यवस्थापनक पुष्प डाँगीको अनुसार रन अफ द रिभर’ प्रकृतिका आयोजनाको परीक्षण सकिएपछि व्यावसायिक उत्पादन थालिएको जानकारी दिएको छन्।
तुँदी पावरले प्रवर्द्धन गरेको ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको ‘क्यासकेड’का रूपमा ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको जनाएको छन्।
चिमखोला–राहुघाट–मङ्गलेले गत साउन २० गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो भने अपर राहुघाट व्यापारिक उत्पादनको चरणमा छ।
चार वर्षको अवधिमा निर्माण भएका आयोजना पानीको उपलब्ध स्रोत अनुसार पूर्ण क्षमतामा सञ्चालन गर्नसक्ने अवस्था रहेको व्यवस्थापक डाँगीले बताएका छन्। दुईवटै आयोजनाको अनुमानित लागत रु १३ अर्ब रहेको जनाएको छ।
चिमखोला–मङ्गले–राहुघाटको विद्युत्गृह बाट निस्कने र चिमखोलाको बगरखोलाको पानी प्रयोग गरेर अपर राहुघाटबाट विद्युत् उत्पादन गरिएको हो।
दुईवटै आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेष्ट हाइड्रो हो भने हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी रहेको छ।