नेपालले जित्यो आईसीसी टी–२० विश्वकपको उपाधि

असोज ३१ काठमाडौं ।
नेपालले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ।

आज नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको हो।

आज भएको अन्तिम खेलमा नेपालले अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले सुपर सिक्सका सबै खेल जितेर विश्वकपमा छनोट भएको छ।

नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट लिएका थिए।

सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले १–१ विकेट लिए। नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा उपाधि जितेको हो।

यस अघि सन् २०२३ मा विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो।

उपाधि जिते लगतै नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपको टिकट काटिसकेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *