मानसरोवर कैलाश पर्वत भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि

असोज २६ काठमाडौं ।

मानसरोवर कैलाश भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि भएको छ।

हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्रीको संख्या बृद्धि भएको हो।

यस वर्ष चिसो बढेसँगै भारतीय तीर्थयात्रीहरुको पनि यात्रा सकिएको होटल व्यवसायीले जनाएका छन्।

कोरोना सङक्रमणपछि नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने भारतीय तीर्थयात्रीको संख्या यस वर्ष धेरै मात्रामा पुगेको जनाएको छ।

चीनसँग नेपालको हुम्ला हिल्सा नाका गत वैशाख १८ गतेपछि खुलेको थियो। हुम्लाको हिल्सा नाका खुलेयता ६ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला भित्रिएका जनाइएको छ।

हिल्सा हुँदै मानसरोवर पुगेका साढे ६ हजार तीर्थयात्रीहरु बाट ७२ लाख २७ हजार राजस्व संकलन भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो दूरीमा पर्ने भएकाले जेठ, असार, साउन, भदौ र असोजको पहिलो सातासम्मका दैनिक सिमकोट विमानस्थलमा विदेशी तीर्थयात्रीको चाप बढ्ने गरेको थियो।

चीनले कोरोनापछि हिल्सानाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाले जनाएको छ।

भारतीय प्रतिव्यक्ति तीर्थयात्री बाट १ हजार १०० राजस्व सङ्कलन गर्दै आएको छ। भने अन्य देशका पर्यटकबाट एक हजार ५०० शुल्क लिने गरेको छ।

मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय हुम्ला पुगेका ५९५७ जनाबाट ६५ लाख ५२ हजार शुल्क र अन्य देशका पर्यटकबाट ६ लाख ७५ हजार गरी ७२ लाख २७ हजार राजस्व सङ्कलन भएको छ।

कैलाश दर्शन यात्रा सकिएसँगै निजी जहाज पूर्वमा उडान भर्दा विमानस्थलमा चहलपहल कम देखिन  थालेकाे छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *