असोज २१ काठमाडौं ।
मुख्य पर्यटक आगमनको सिजनमै पर्यटक आगमनको संख्या घटेको छ।
नेपालमा मुख्य पर्यटन सिजनमै पर्यटक आगमन संख्या घटेको नेपाल पर्यटन बोर्डले जनाएको हो।
गत सेप्टेम्बरमा ७८ हजार ७ सय ११ पर्यटक नेपाल घुम्न आएकोमा यस बर्ष पर्यटकको संख्या घटेर २४ हजार २ सय ८५ पर्यटक आएका हुन्।
नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको मुख्य सिजन मानिन्छ।
नेपाल पर्यटन बोर्डले जनाए अनुसार २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको जनाएको छ।
आन्दोलनपछि नेपाल असुरक्षित भएको भन्दै घुम्न आउन बुकिङ गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरे पछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्यामा कमि आएको जनाएको छ।
Post Views: 4