असोज १२ काठमाडौं ।
अर्थमन्त्री रामेश्वर खनालसँग यूरोपेली यूनियनका राजदूत बिच भेटवार्ता भएको छ।
आज अर्थमन्त्री खनालले नेपालका लागि यूरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो, नेपालका लागि जर्मनीका राजदूत उदो युजेन भोल्ज, नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्का तथा नेपालका लागि फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधिले अर्थमन्त्री मन्त्री रामेश्वर खनालसँग संयुक्त भेट गरेका हुन्।
भेटमा अर्थमन्त्री खनालले यूरोपियन यूनियन, फ्रान्स, जर्मनी र फिनल्याण्डले नेपालको विकास प्रक्रियामा विगत लामो समयदेखि पुर्याउदै आएको साथ र सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।
Post Views: 16