बढ्यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ कृष्णसारको संख्या

साउन ३० काठमाडौं ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ कृष्णसारको संख्या बढेको छ।

निकुञ्जको अनुसार एक दशकमा कृष्णसारको संख्या बढेर ३१० पुगेको छ। जसमा पोथी १ सय ४३, भाले १ सय १७ र पाठापाठी ५० रहेको जनाएको छ। वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन्।

निकुञ्जको हीरापुर फाँटामा ५८ दशमलव आठ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार संरक्षण गरिएको उक्त फाटमा ९३ वयस्क भाले, २४ अर्ध वयस्क भाले, ९९ वयस्क पोथी र ४४ अर्ध वयस्क पोथी रहेको छ।

शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगन्ज र ललितपुरको सदर चिडियाखाना तथा २०७२ साल वैशाखमा बर्दियाको खैरापुर बाट ४२ कृष्णसार स्थानान्तरण गरि ल्याएर संरक्षण थालिएको थियो।

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१३ मा ३१ रहेको कृष्णसारको सङ्ख्या सन् २०२४ सम्ममा २ सय ८७ रहेको हुँदा यसरी हेर्दा गत एक दशकमा कृष्णसारको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ।

सुरुमा सन् २०१२ मा सात दशमलव पाँच हेक्टर जमिनमा मात्र तारबार गरिएको भए पनि क्रमशः सन् २०१९ मा सात दशमलव आठ हेक्टर थप गर्दै हालको क्षेत्रफलसम्म विस्तार गरेर कृष्णसार संरक्षण गरिएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *