रास्वपा सभापति लामिछानेलाई थुनामै राख्न अदालतको आदेश

साउन २६ काठमाडौं ।
रास्वपा सभापति रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ।

लामिछानेले उच्चको आदेशविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै साउन १९ गते बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका थिए।

उक्त निवेदनमा सुनुवाई गर्दै अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न अस्विकार गरेको हो। धरौटीमा छाड्न अस्विकार गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामै रहने भएका छन्।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत्र २२ गते उच्च अदालत तुलसीपुर इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *