गत आर्थिक २०८१, ०८२ मा १८ खर्बको वस्तु आयात, निर्यात

साउन ६ काठमाडौं ।
गत आर्थिक २०८२, ०८२ मा १८ खर्बको बस्तु आयात निर्यात भएको छ। पछिल्लो आर्थिक वर्षमा नेपालको निर्यात व्यापारमा ऐतिहासिक वृद्धिदर देखिएको जनाएको छ।

एक वर्षमा दुई खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेशी बजारमा बिक्री भएको हो। पछिल्लो वर्षमा निर्यात वृद्धिदर करिब ८२ प्रतिशत पुगेको छ।

भन्सार तथ्यांकअनुसार आर्थिक वर्ष २०३१÷०३२ यता आर्थिक वर्ष २०४०÷४१ मा ५० प्रतिशत र त्यस पछिको आर्थिक वर्षमा ६० प्रतिशतको निर्यात वृद्धिदर पुगेको थियो।

रकमका आधारमा यस अघि आर्थिक वर्ष २०७८,७९ मा दुई खर्ब रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०८०, ८१ भर औसत रूपमा १३ अर्ब ६६ करोड रूपैयाको मासिक निर्यात भएको थियो। भने आर्थिक वर्ष २०८१,८२ मा मासिक औसत २३ अर्ब ८ करोड बढीको निर्यात भएको जनाएको छ।

२०८१ फागुन महिना देखियता भने हरेक महिना ३० अर्ब बढीको वस्तु निर्यात भएको भन्सार कार्यलयले उल्लेख गरेको छ। अत्यधिक निर्यात हुनेमा भटमासको तेल ३८ प्रतिशत यो अवधिमा एक खर्ब ६अर्ब रूपैयाँको यस्तो तेल निर्यात भएको छ।

भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेन लगायतका देशबाट किनिएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *