साउन २ काठमाडौं।
काठमाडौंमा डेंगु संत्रमण बढ्दै गएकाले सबैलाई सचेत रहन आग्रह गरेको छ। काठमाडौं महानगरपालिकाले डेंगु संक्रमणको जोखिम बढेको भन्दै सचेत रहन आग्रह गरेको हो।
‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइ बाट लाग्ने डेंगु संक्रमणको जोखिम बढेको भन्दै सचेत रहन महानगरको महामारी रोग रोकथाम तथा नियान्त्रण शाखाले आग्रह गरेको छ।
महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका स्रोतव्यक्ति ऋषि भुसालका अनुसार डेंगु बाट कोही संक्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सिटामोल र जीवन जललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिएका छन्।
डेंगु संक्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा परेमा चाँडै उपचार गराउन आग्रह गरेको छ।
Post Views: 10